
उदयपुर, जेठ ३१ । उदयपुरका तीनवटै नगरपालिकाले डम्पिङ साइटको व्यवस्था नगर्दा नगर क्षेत्रबाट सिर्जित अधिकांश फोहोर खोला नदीका किनार फालिएको छ ।
त्रियुगा नगरपालिकाले त्रियुगा नदी किनार, बेल्टार बसाहा नगरपालिकाले द्वार खोला र कटारी नगरपालिकाले तावा खोला किनारमा फोहोर फ्याँक्दा वातावरण प्रदुषित बन्न थालेको छ ।
सड्ने र नसड्ने फोहोर एकै स्थानमा फाल्नाले समस्या अझै ठूलो बनेको छ । यी तीनवटै नगरपालिकामा वातावरण मैत्री कार्यक्रम लागू भएकाले एकातिर वातावरण स्वच्छ राख्न सोलार बत्ती, वृक्षरोपण, पार्क निर्माण, धुवाँरहित चुलो निर्माणका लागि १ करोड ५० लाखभन्दा बढी रकम विनियोजन गरिएको छ भने अर्कोतिर फोहोर ब्यवस्थापन गर्न सकिरहेको छैन ।
प्रतिक्रिया दिनुहोस्