३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


४५६ मेगावाटको माथिल्लो तामाकोसीको ७९ प्रतिशत कार्य पूरा


0
Shares

दोलखा, जेठ ३१ । राष्ट्रिय गौरवको आयोजनाकारुपमा लिइएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ७९ प्रतिशत कार्य सम्पन्न भएको छ ।

वि.सं २०७३ सालमै सम्पन्न गर्ने लक्ष्य लिइएको तामाकोसी आयोजना भूकम्प र नाकाबन्दीका कारण काम रोकिएपछि एक वर्षपछि धकेलिएको हो ।

लामाबगर गाविसमा निर्माण भइरहेको ४५६ मेगावाट विद्युत् क्षमता भएको सो आयोजना २०७३ सालभित्र सम्पन्न गर्ने बताइएको थियो ।

आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले २०७३ पुसमा काम सम्पन्न गरी उत्पादन गर्ने योजनाको साथ अघि बढिरहेका अवस्थामा भूकम्प र नाकाबन्दीका कारण एक वर्ष ढिलाइ भएको बताए ।

करिब रु ३५ अर्बमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएपनि निर्माण सम्पन्न हुँदासम्म रु ५० अर्ब पुग्ने अनुमान गरिएको छ ।

प्रवक्ता न्यौपानेले हाल लामाबगरमा विद्युत्गृहको कामबाहेक अरु सबै काम सन्चालन भइरहेको बताए ।

लामाबगर पुुग्ने बाटोमा भूकम्पसँगै आएको पहिरो नरोकिएका कारण काभ्रे भिरबाट लामाबगरको मौरेखोलासम्म ३६० मिटर लामो सुरुङ निर्माण भइरहेको छ ।

सुरुङ निर्माणको काम आयोजनाको मुख्य ठेकेदार कम्पन्नी सिनो हाइड्रोले गरिरहेको छ । रासस