१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


भारतको दिल्लीबाट एक नेपाली बेपता


0
Shares

राजविराज, जेठ ३१ । सप्तरीबाट रोजगारीका लागि पञ्जाब गएका एक नेपाली भारतको नयाँदिल्लीबाट बेपत्ता भएका छन् ।

सप्तरीको पातो गाविस–१ निवासी ३५ वर्षीय राजु मण्डल आफ्नै गाउँकै साथीसँग रोजगारीको सिलसिलामा पञ्जाब जानेक्रममा भारतको नयाँदिल्लीस्थित ट्रेनको प्लेटफार्म–५ बाट बेपत्ता भएको उनका परिवारजनले जनाएको छ ।

भाइ बलिया मण्डलले दुई दिनअगाडि घरबाट हिँडेको दाइ दिल्ली पुगेपछि सम्पर्कविहीन भएको जानकारी दिए । मण्डल बेपत्ता भएपछि उनको परिवारमा अहिले रुवाबासी छ ।

यसैबीच, बेपत्ता भएका आफ्ना दाइलाई भारतबाट खोजी गरी नेपाल फर्काइदिन भाइ बलियाले नेपाल सरकारसँग आग्रह गरेका छन् । रासस  

फाइल फोटो