
सन्जीब बगाले/दिलिप पोखरेल (इमेज)
काठमाडौं, जेठ ३१ । नेपालमा योजनाबद्धरुपमा विकासको सुरुआत भएको आधा शताब्दीभन्दा धेरै भइसक्यो ।
२००८ सालमा पहिलोपटक बजेट ल्याइएको थियो भने २०१३ सालदेखि योजनाबद्ध विकासका कार्यक्रम बनाइएका थिए । तर, यो अवधीमा पनि सधैं राजनीतिक एजेन्डा नै हावी भइरहे ।
गणतान्त्रिक नयाँ संविधान जारी भएपछि पनि विकासले गति लिने छाँट देखिएको छैन । यद्यपि, विकासका एजेन्डामा बहस भने हुन थालेको छ ।
नेपालमा राजनीतिसँगै विकासको बहस सुरु हुन थालको २००७ सालदेखि नै हो । योजनाबद्धरुपमा भने विकासका ठूला–ठूला योजनाहरु सुरु भएको पञ्चायतकालमा नै हो ।
तर, त्यतिबेला दलीय स्वतन्त्रता नभएकोले विकासलेभन्दा राजनीतिले नै बढी चर्चा पायो ।
२००७ सालदेखि २००६३ सालसम्म आइपुग्दा नेपालमा विकासका एजेन्डाभन्दा पनि राजनीतिक एजेन्डा सधैं चर्चामा रहे ।
दुईपटकसम्मको संविधानसभाको निर्वाचनदेखि संविधान जारी नहुँदासम्म पनि राजनीतिक बहसले नै ठाउँ पायो ।
तर, नेपालको संविधान २०७२ जारी भएपछि भने विकासको बहस जबर्जस्तरुपमा अगाडि आएको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्