
काठमाडौं, जेठ ३१ । गत वर्ष बर्खास्तमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा)का चार पदाधिकारी पुनबर्हाली भएको १२ दिनपछि एन्फा प्रवेश गरेका छन् ।
गत जेठ १९ गतेको एन्फा कार्यसमितिको बैठकले उपाध्यक्षत्रय कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर र किशोर राई तथा सदस्य पंकज चन्दलाई पुनर्बहाली गर्ने निर्णय गरेको थियो ।
सोमबार एन्फामा प्रवेश गरेका चार पदाधिकारीलाई एन्फाका कर्मचारीहरुले स्वागत् गरे पनि पदाधिकारीले भने रुची देखाएनन् ।
एन्फा प्रवक्ता एवं सीइओ इन्द्रमान तुलाधरले कार्यव्यस्तताका कारण कार्यबाहक अध्यक्ष, महासचिव, कोषाध्यक्षलगायतले स्वागत् गर्न नसकेको हामीलाई जानकारी दिए ।
तुलाधरले चार पदाधिकारीले फिफाको निर्देशनअनुसार आफूहरुलाई पुनर्बहाली गरेकामा धन्यवाद व्यक्त गर्दै साधारणसभा पनि छिट्टै गर्न आग्रह गरेको बताए ।
प्रवक्ता तुलाधरले छिट्टै कार्यसमितिको बैठक बसेर साधारणसभा बोलाइने जानकारीसमेत दिए ।
साधारणसभाले नयाँ अध्यक्षको चयन गर्नेछ ।
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्