२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


सुनको मूल्य उकालो लाग्नेक्रममै


0
Shares

काठमाडौं, जेठ ३१ । सोमबार पनि सुनको मूल्य उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बृद्धि भएर ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार पनि २ सयले नै बढेर ५६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य भने ७ सय ९० रुपैयाँमै स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १२ सय ८४ डलर हाराहारीमा कारोबार भएको थियो ।