२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


शेयर बजारमा दैनिक उचाइको नयाँ रेकर्ड, नेप्से पुग्यो १६ सय ९ को उचाइमा


0
Shares

काठमाडौं, जेठ ३१ । सोमबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार हुँदै उचाइको नयाँ रेकर्ड रहनेक्रम जारी रह्यो ।

यसदिन पनि बजार परिसूचक नेप्से ११ अंकले उकालो लागेर १६ सय ९ कायम भएर थामियो ।

नेप्से कारोबार सुरु भएको करिब १५ मिनटसम्म उच्चदरले उकालो लागेर १६ सय २३ पुगिसकेको थियो । त्यसयता शिथिल भएको नेप्से मध्याह्नपछि पुनः सुधारिएको हो ।

आधा समूह सकारात्मक रहे भने आधा ऋणात्मक रहे । विकास बैंक, वाणिज्य बैंक, होटल र जलविद्युत समूह सकारात्मक रहेका हुन् ।

विकास बैंक समूहमा सबैभन्दा उच्च ४१ अंकको सुधार आयो । वाणिज्य बैंक समूह पनि १४ अंकले सुधारियो । होटल र जलविद्युत् समूह भने सामान्य अंकले धनात्मक रहेका हुन् ।

बीमा, उत्पादनमूलक, अन्य र वित्त समूह भने ओरालो लागे । बीमा समूहमा सबैभन्दा उच्च ४१ अंकको गिरावट आयो । उत्पादनमूलक समूह पनि २५ अंकले झर्‍यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३९ कम्पनीको १९ लाख ५५ हजार कित्ता शेयर १ अर्ब ७२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।