२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


इटाली र स्पेनको विजयी सुरुवात


0
Shares

पेरिस, जेठ ३२ । उपाधि दाबेदारहरु इटाली र स्पेनले फ्रान्समा जारी युरोकप फुटबलमा विजयी सुरुवात गरेका छन् ।

गएराति भएको खेलमा ईटालीले बलियो प्रतिद्वन्द्वी बेल्जियमलाई २–० ले हरायो । खेलमा ईटालीलाई विजयी गराउन ईम्यानुएल ग्याचेरीनी र ग्रेजियानो पेलाले एक–एक गोल गरे ।
जितसँगै ईटालीले समूहमा अग्रता लिएको छ ।

यो समूहको अर्को खेलमा आयरल्याण्ड र स्विडेनले १–१ गोलको बराबरी खेले । खेलको ४८ औं मिनेटमा वेस्ले हुलाहानले गोल गर्दै आयरल्याण्डलाई अग्रता दिए । तर ७१ औं मिनेटमा आयरल्याण्डकै सियारन क्लार्कले एक आत्माघाती गोल गरेपछि स्विडेनले खेल बराबरी गरेको हो ।

युरो कप फुटबलअन्तर्गत समुह डीको खेलमा स्पेनले चेक रिपब्लिकलाई १–० ले हरायो । खेलमा स्पेनलाई विजयी गराउन जेरार्ड पिकेले ८७ औं मिनेटमा निर्णायक गोल गरे ।

युरोकप फुटबलमा आज दुई खेल हुनेछन् । बेलुकी पौने १० बजे हुने खेलमा अष्ट्रिया र हंगेरी भिड्दा राति पौने १ बजे पोर्चुगलले आईसल्याण्डसँग खेल्नेछ ।