काठमाडौं, वैशाख २२ । न्यूकासल युनाइटेडलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले न्यूकासलमाथि ३–२ को जित निकाल्यो ।
कठिन खेलमा लिभरपुललाई विजयी गराउन डिभोक ओरीगीले ८६औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।
यसअघि, लिभरपुलका लागि भर्जिल भान डाइक र मोहम्मद सालाहले गोल गर्दा न्यूकासलका क्रिश्चियन अत्सु र सोलोमन रन्डनले एक/एक गोल फर्काएका थिए ।
यो जितसँगै लिभरपुलले उपाधि जित्ने सम्भावना जीवित राखेको छ । लिगमा ३७ खेल खेलेको लिभरपुलको ९४ अंक भएको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी ९२ अंकसहित दोस्रो स्थानमा छ ।
म्यानचेस्टर सिटीले सोमबार राति लेस्टर सिटीसित खेल्नेछ ।
कार्डिफ सिटी ‘रेलिगेसन’मा
उता, कार्डिफ सिटी इंग्लिस प्रिमियर डिभिजनबाट दोस्रो श्रेणीमा झरेको छ ।
शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेससित ३–२ ले पराजित हुँदै कार्डिफ ‘रेलिगेसन’मा परेको हो ।
प्रिमियर लिग फुटबलका अरु खेलहरुमा बर्नमाउथले ९ खेलाडीमा सीमित टोटनह्याम हट्सपरलाई १–० ले हराउँदा वेस्टह्याम युनाइटेडले साउथह्याम्पटनलाई ३–० ले तथा वुल्भरह्याम्पटनले फुल्हमलाई १–० ले पराजित गरे ।








प्रतिक्रिया दिनुहोस्