
सुनसरी, जेठ ३२ । सुनसरीको धरान उपमहानगरपालिका पन्तालीमा रहेको एनसेलको टावरमा आगो लगाउन खोज्नेलाई प्रहरीले पक्रेको छ ।
आगो लागउन जाने विप्लव माओवादीका धरान नगर अध्यक्ष सुरज राईलाई इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्रेको हो ।
आगो लगाउनेसम्बन्धमा खबर पाउने वित्तिकै प्रहरी पुगेकाले आगो झोस्दै गर्दा राई पक्राउ परेका हुन् । जसका कारण टावर क्षति हुन जोगिएको छ ।
केहि दिनदेखि देशका विभिन्न जिल्लामा रहेका एनसेल टावरमा आगजनी गर्ने क्रम तीब्र पारिएको ।
राज्यलाई कर नतिरेको, सेवा सुविधाको नाममा व्यवसायिक मर्यादा नागेर उपभोक्ता ठगेको आरोप लगाउँदै माओवादी आगजनीमा उत्रेको हो ।
प्रतिक्रिया दिनुहोस्