
काठमाडौं, जेठ ३२ । कांग्रेसले भूकम्पपछिको पुनर्निमाणमा पटक्कै ध्यान नदिएको भन्दै सरकारको आलोचना गरेको छ ।
राजधानीमा भएको कांग्रेसस सांसद र भूकम्म प्रभावित जिल्लाका सभापतिहरुको भेलाले सरकार भूकम्प पीडितहरुको पुर्नस्थापना र पुनर्निमाणमा गम्भीर नभएको निस्कर्ष निकालेको हो ।
भेलामा सहभागी काँग्रेस जिल्ला सभापतिहरुले भूकम्पपछिको पुनर्निमाण र पुर्नस्थापनामा समेत राजनीतिकरण भएको आरोप लगाएका थिए ।
बैठकले भूकम्प प्रभावितहरुको अवस्था झन नाजुक बनेको भन्दै सरकारी उदासिनता सैह्य नहुने चेतावनी दिएको छ । भेलामा भूकम्प प्रभावित १९ जिल्लाका काँग्रेस सभापतिहरुको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्