
काठमाडौं, जेठ ३२ । सन्चारमन्त्री शेरधन राईले सूचना पाउने नागरिकको अधिकारलाई व्यवस्थित गर्न सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् ।
मंगलबार राजधानीमा ‘सूचना प्रवाहको सन्दर्भमा प्रवक्ताको दायित्व’ विषयक अन्तरक्रियामा उनले सूचना पाउने नागरिक हकको रक्षा र सूचना दिने राज्यको दायित्वलाई व्यवहारिकरुपमा स्थापित गरिने बताए ।
पछिल्लो समयमा सूचना-प्रविधिको क्षेत्रमा नेपालले उपलिब्ध हासिल गरेको दाबी गर्दै मन्त्री राईले सूचनालाई जनस्तरसम्म पुर्याउनका लागि राज्यका निकाय गम्भीर बन्नुपर्ने पनि बताए ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा, नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाले सन्चारकर्मीहरुलाई सहजरुपमा सूचना उपलब्ध गराउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा निर्वाचन अयोगका पूर्वप्रमुख भोजराज पोखरेल, कानुन व्यवसायी काशीराज दाहाललगायतले सूचनाको क्षेत्रमा कार्यपत्र प्रस्तुत् गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्