
काठमाडौं, जेठ ३२ । ग्यास सिलिन्डर पड्किएर तीनजनाको मृत्यु भइसक्दा पनि प्रशासन गम्भीर नभएको भन्दै स्थानीयले मंगलबार ललितपुर नगर क्षेत्र बन्द गराएका छन् ।
गत जेठ ७ गते ललितपुरको हौगलमा वायरिङ गरेर तामा–पित्तलका भाँडाकुडा बनाउनेक्रममा ग्यास सिलिन्डर विस्फोट भएको थियो ।
घटनामा परी सुरेश ताम्रकार र धु्रव ताम्रकारको मृत्यु भएको थियो भने गत जेठ ३० गते घाइते राजेश ताम्रकारको उपचारकाक्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।
प्रहरी, उपभोक्ता अधिकारकर्मी, ग्यास वितरक संघ, गुणस्तर विभागलगायतको सहभागितामा गरिएको अध्ययनले गुणस्तरहीन ग्यास सिलिन्डरका कारण दुर्घटना भएको जनाएको छ ।
उचित क्षतिपूति, कमसल ग्यास सिलिन्डरको अनुगमन, घटनाको निष्पक्षको छानबिनलगायतका माग पीडित पक्षले राखेका छन् ।
प्रशासनसँगको वार्ता अहिले सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्