
काठमाडौं, जेठ ३२ । ललितपुर उपमहानगरपालिका वडा नम्बर–२० बालश्रममुक्त वडा घोषणा गरिएको छ ।
संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री रेशमबहादुर लामाले मंगलबार बालश्रममुक्त वडा घोषणा गरेका हुन् ।
उपमहानगरपालिकाले बालश्रममुक्त गराउन हरियो झन्डा अभियान सन्चालन गर्दै आएको छ ।
अभियानअन्तर्गत् घरघरमा बालश्रम नभएको संकेत गर्दै हरियो झन्डा राखिएको छ ।
आइएलओको साथमा सन्चालनमा रहेको उक्त अभियानअन्तर्गत् वडा नम्बर–१३, १४, १६, १८ मा पनि हरियो झन्डा राख्ने कार्य भइरहेको छ ।
ललितपुर पुल्चोकमा अवस्थित प्राचीन जनविनायक मन्दिर परिसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ऋषिराज शर्मा, वरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारी, अन्तर्राष्ट्रिय श्रम संगठनका राष्ट्रिय योजना संयोजक विपिना शर्मा, विभिन्न दल र संघसंस्था र समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्