२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


सडक विस्तारमा भइरहेको ढिलाइबारे विकास समितिको चासो, तीव्र बनाउन निर्देशन (भिडियो)


0
Shares

काठमाडौं, जेठ ३२ । काठमाडौं उपत्यकाको सडक विस्तारकार्यमा भइरहेको ढिला–सुस्तीले विभिन्नखाले समस्याहरु निम्तिएका छन् ।

सरकारले आगामी आर्थिक वर्षमा चक्रपथभित्रका सबै सडकहरुको स्तरोन्नति गर्ने भनेको छ ।

तर, सडक निर्माणमा आउने विभिन्नखालका अवरोधले भने सडक विस्तारमा चुनौती थपेको छ ।

केही वर्षयता कहिले सडक विस्तार, कहिले खानेपानीको पाइप बिच्छ्याउने त कहिले ढल खन्ने अनि कहिले टेलिफोनका लाइन जोड्ने भन्दै काठमाडौं उपत्याकाका सडकहरु खन्नेमात्रै काम भएको पाइन्छ ।

यो अवधिमा सडक विस्तारको काम नभएको पनि होइन । तर, विस्तारसँगै स्थानीयको अवरोध, मुआब्जा र क्षतिपूर्तिका कारणले कतिपय ठाउँहरुमा काम पनि रोकिएका छन् ।

उपत्यकामा ३ सय किलोमिटर सडक विस्तार गरिएकोमा १ सय किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने १ सय किलोमिटर सडकमा काम भइरहेको छ ।

सडक विस्तारमा सहभागी सरकारी निकायका अधिकारीहरुको उपस्थितिमा संसदको विकास समितिमा भएको छलफलमा उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले सडक विस्तारकाक्रममा क्षतिपूर्ति दिने एउटा मापदन्ड बनाउनुपर्ने सुझाव दिए । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्