Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


माइक्रोसफ्टले २६.२ अर्ब अमेरिकी डलरमा लिङ्क्डइनलाई किन्ने


0
Shares

वासिङटन, जेठ ३२ । विश्व प्रसिद्ध सफ्टवेयर कम्पनी माइक्रोसफ्टले सामाजिक सञ्जाल लिङ्क्डइनलाई २६.२ अर्ब अमेरिकी डलरमा किन्ने सम्झौतामा हस्ताक्षर भएको सोमबार जनाएको छ ।

सम्झौताले विश्वका नेतृत्वदायी व्यवसायिक आकाश विश्वको नेतृत्वदायी व्यवसायिक सञ्जालमा एकाकार गर्ने माइक्रोसफ्टका कार्यकारी प्रमुख सत्य नाडेलाले एक वक्तव्य जारी गरी जनाएका छन् ।

लिङ्क्डइन र माइक्रोसफ्ट कम्पनीले संयुक्तरुपमा वक्तव्य जारी गरी बताएका छन्–‘लिङ्क्डइनका कार्यकारी प्रमुख जेफ वेनरको नेतृत्वमा लिङ्क्डइनका गतिविधि चल्ने छन् भने माइक्रोसफ्टका कार्यकारी प्रमुख सत्य नाडेलाले माइक्रसफ्टका कार्य पूर्ववत् तरिकाले हेर्नुहुनेछ ।’

‘जसरी लिङ्क्डइनले विश्वलाई मौकासँग जोडेको छ, माइक्रोसफ्ट र लिङ्क्डइनको मिलनपछि यसको सञ्जालले विश्वले गर्ने कामलाई जोड्ने मौका प्रदान गर्ने छ’–वेनरले बताए ।

उनीहरुले गरेको सम्झौता सन् २०१६ मा नै कार्यान्वयनमा ल्याइने छ । यस कदमले माइक्रोसफ्टलाई मात्रै सफ्टवेयर कम्पनीभन्दा माथि उठाउने छ भने लिङ्क्डइनको सामाजिक सञ्जालको उन्नतिपथका लागि प्रोत्साहन गर्नेछ ।

लिङ्क्डइनको अहिले विश्वभर चार अर्ब तीन करोड ३० लाख सदस्य रहेका छन् । रासस/एएफपी