
प्रतीक लामिछाने/भरत केसी (इमेज)
काठमाडौं, जेठ ३२ । माओवादी द्वन्द्वकाबेला राज्य र तत्कालीन विद्रोही माओवादीबाट भएका विभिन्नखाले घटनाको विषयमा सत्यतथ्य छानबिनका लागि गठन गरिएको सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरीको ओइरो लागेको छ ।
मंगलबारसम्म झन्डै ३० हजार उजुरी आयोगमा परेको छ ।
१० वर्ष लामो सशस्त्रद्वन्द्वकालमा करिब १७ हजारको ज्यान गएको थियो । माओवादीले जनयुद्धको नाममा चलाएको देशव्यापी सशस्त्रसंघर्ष र त्यसलाई नियन्त्रण गर्न उत्रिएको राज्यबाट सो अवधिमा सयौं निर्दोषहरुको ज्यान गएको थियो भने व्यक्ति हत्या, बलात्कारलगायतका जघन्य मानवअधिकार हनन्का घटनाहरु भएका थिए ।
त्यस्तै, जघन्य अपराध तथा गैरसैनिक मानिसहरुको निर्मम हत्याजस्ता घटनाको छानबिन गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोग बनाइएपछि उजुरी दिनेहरुको भीड लागेको हो ।
जेठ ५ गतेदेखि उजुरी आह्वान गरिएकोमा जेठ मसान्तसम्म आइपुग्दा करिब ३० हजार उजुरी आयोगमा दर्ता भएका छन् ।
ती उजुरीमध्ये सशस्त्रद्वन्द्वकालमा जागिर छाडेका सेना, प्रहरीको जागिर पुनःबहालीदेखि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्धसम्म रहेका छन् ।
उजुरी आउनेक्रम जारी रहेको भन्दै आयोगले उजुरी दिने समयसीमा बढाउने तयारीसमेत गरेको आयोगकी प्रवक्ता माधवी भट्टले बताइन् । (एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्