
काठमाडौं, जेठ ३२ । युरोपेली फुटबल महासंघ (युएफा)ले फ्रान्समा जारी युरोकप फुटबलकाक्रममा रुसी समर्थकहरुले गरेको हिंसात्मक घटनालाई लिएर रुसी फुटबल संघलाई १ लाख ५० हजार युरो बराबरको जरिवाना गरेको छ ।
बाँकी खेलमा पनि यस्तै व्यवहार दोहोरिए प्रतियोगिताबाटै अयोग्य ठहर गर्ने चेतावनी युएफाले दिएको छ ।
गत साता फ्रान्सको मार्सेमा भएको खेलमा इंग्ल्यान्डसँग १–१ गोलको बराबरी भएपछि रुसी समर्थकहरुले रंगशालाभित्र र बाहिर उद्दन्ड व्यवहार गरेका थिए ।
युएफाले इंग्ल्यान्डका उद्दन्ड समर्थकले गरेको दुर्व्यवहारबारे भने कुनै कारबाही सुनाएको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्