२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


नेप्सेमा हालसम्मकै उच्च कारोबार, झन्डै सवा दुई अर्बको शेयर किनबेच


0
Shares

काठमाडौं, जेठ ३२ । मंगलबार पनि शेयर बजार सकारात्मक रह्यो ।

नेप्से साढे ४ अंक बराबरलेमात्र उकालो लागे पनि कारोबार हालसम्मकै उच्च रह्यो ।

यसदिन झन्डै सवा दुई अर्बजसोको कारोबार भयो । वाणिज्य र अन्य सामान्य अंकले घटेबाहेक अरु सबै समूह सकारात्मक रहे ।

बीमा समूहमा सबैभन्दा उच्च १ सय १२ अंकको उच्चबृद्धि आयो । होटल समूह पनि ५९ अंकले उकालो लाग्यो ।

जलविद्युत् समूह ५६ अंकले बढ्यो । उत्पादनमूलक समूह पनि ४२ अंकले सकारात्मक रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३४ कम्पनीको ३७ लाख ५१ हजार कित्ता शेयर २ अर्ब २० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।