२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


टोखाको भूतखेलमा मिनी फनपार्क सन्चालनमा


0
Shares

काठमाडौं, जेठ ३२ । टोखाको भूतखेलमा विभिन्न सुविधासहितको टोखा केब मिनी फनपार्क सन्चालनमा आएको छ ।

मंगलबार उद्घाटन गरिएको उक्त पार्कमा स्वीमिङ पुल, स्लाइडिंग वेभ, बेबी पोखरीका साथै टोखाको प्राचीन नगरीको संस्कृति झल्किने नेवारी रेस्टुरेन्टसमेत सन्चालन गरिएको छ ।

सन्चालक प्रशान्त डंगोलले उक्त पार्कमा दैनिकरुपमा स्थानीय संगीत एवं नाचगान पनि प्रस्तुत् गरिने जानकारी दिए ।