२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


पशुपक्षी, कृषिको विकासमा बजेट अभाव हुँदैन : प्रधानमन्त्री


0
Shares

काठमाडौं, जेठ ३२ । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपक्षी एवं कृषि क्षेत्रको विकासमा बजेट अभाव हुन नदिने बताएका छन् ।

पशुपछी विकासका लागि राष्ट्रिय सल्लाहकार समितिको प्रथम राष्ट्रिय भेलाको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आधुनिक, व्यवसायिक पशुपालनमा पनि जोड दिए ।

मुलुक धेरै कुरामा आत्मनिर्भर हुनसक्ने भएपनि त्यसतर्फ ध्यान नदिइएको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले मुलुकको समग्र विकासका लागि सबै क्षेत्रमा सुधार आवश्यक रहेको बताए ।

पशुपछी विकास मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले कुल ग्राहस्थ्य उत्पादनमा पशुपछी क्षेत्रको ११ प्रतिशत र कृषि क्षेत्रमा २६ प्रतिशत योगदान रहेको बताए ।

१ वर्षभित्र कुखुराको अन्डा, २ वर्षभित्र मासु र ३ वर्षभित्र दूधमा आत्मनिर्भर बन्ने गरी कार्यक्रम सन्चालन गर्न लागिएको उनले बताए ।

हाल देशमा वार्षिक करिब १७ लाख मेट्रिकटन दूध, ३ लाख मेट्रिकटन मासु तथा ९० करोड ओटा अन्डा उत्पादन हुने गरेको मन्त्रालयले जनाएको छ ।