२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


सरकारी कलकारखाना फेरि निजीकरण गरिदैं


0
Shares

काठमाडौं, असार १ । गिरिजाप्रसाद कोइराला नेतृत्वको पहिलो सरकारको शैलीमा सरकारी स्वामित्वका महत्वपूर्ण कलकारखाना निजी क्षेत्रलाई सुम्पने विवादास्पद र अपारदर्शी कार्य पुनः सुरु भएको छ ।

उदयपुर सिमेन्ट उद्योग, वीरगंज चिनी कारखाना, हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग र जनकपुर चुरोट कारखानालाई निजी स्वामित्वमा सुम्पने तयारी भइरहेको छ ।

यीमध्ये उदयपुर सिमेन्ट र गोरखकाली रबर उद्योगमात्र संचालनमा छन् भने बाँकीको जग्गाजमिन निजी क्षेत्रलाई ‘लिज’मा दिने तयारी भएको हो । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले उदयपुर सिमेन्ट उद्योगलाई लिजमा दिन गत जेठ ३ गते मन्त्रीस्तरीय निर्णय गरी निजीकरण समिति समक्ष पेश गरेका छन् ।

कोइराला पहिलोपटक प्रधानमन्त्री भएपछि देशका कुल ६९ वटा सार्वजनिक कलकारखानामध्ये ३० वटा निजीकृत गरिएको थियो । निजीकरण गरिएकामध्ये पाँचवटामात्र सन्तोषजनक रुपमा संचालित छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट