
काठमाडौं, असार १ । सरकारले भूकम्प पीडितलाई राहत दिन नसकेको र पुनर्निर्माणको नाममा मनलाग्दी काम गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरोधको गृहकार्य थालेको छ ।
सरकारको सशक्त विरोध गर्ने भन्दै कांग्रेसले फेरि सदन अवरोधको बाटो लिन खोजेको हो ।
कांग्रेसले मंगलबार भूकम्प प्रभावित १४ जिल्लाका सांसद तथा जिल्ला सभापतिसँगको परामर्शपछि सो गृहकार्य थालेको छ । मंगलबार कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले भूकम्प प्रभावित जिल्लाका सभापति र सांसदहरुसँग परामर्श गरेका थिए ।
सो परामर्शमा बोल्ने अधिकांश नेताहरुले सरकारले भूकम्पपीडितलाई राहत दिन नसकेको, राहतको नाममा पनि राजनीतिकरण गरेको आरोप लगाउँदै नेतृत्वलाई सरकारविरुद्ध सशक्त रुपमा प्रस्तुत हुन सुझाएका थिए ।
कांग्रेसले नेतृत्व गरेको अघिल्लो सरकारले सबै भूकम्पपीडितलाई २ लाख रुपैयाँ दिने निर्णयलाई वर्तमान सरकारले लागू नगरेको आरोप समेत उनीहरुले लगाएका थिए । –राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्