
काठमाडौं, असार १ । पानामालाई हराउँदै चिली कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
अमेरिकामा जारी प्रतियोगिताअन्तर्गत समुह डि को खेलमा चिलीले पानामालाई ४–२ ले हरायो । खेलमा चिलीलाई विजयी गराउन ईडुवार्डो भार्गास र अलेक्सिस सान्चेजले दुई–दुई गोल गरे ।
पराजित टोली पानामाका लागि मिग्वेल कामार्गो र अब्देल अरोयोले एक एक गोल गरे । जितसँगै चिलीले ३ खेलबाट ६ अंक जोड्दै क्वाटरफाईनलमा ठाँउ सुरक्षित गरेको छ ।
कोपा अमेरिका अन्तर्गत समुह डि को अन्तिम लिग खेलमा अहिले अर्जेन्टिनाले बोलिभियासँग खेल्दैछ ।
समुहका सुरुवाती दुई खेल जित्दै अर्जेन्टिना क्वाटरफाइनलमा पुगिसकेको छ भने लगातार दुई खेल हारेको बोलिभिया बाहिरीसकेको छ ।
प्रतिक्रिया दिनुहोस्