
काठमाडौं, असार १ । कोपा अमेरिकाअन्तर्गत समुह डी को अन्तिम लिगमा अर्जेन्टिनाले बोलिभियालाई ३–० ले पराजित गरेको छ ।
अर्जेन्टिनाले खेलको पहिलो हाफमै ३ गोल गरेको हो । अर्जेन्टिनाका लागि एरिक लामेला, एजिक्वेल लाभेजी र लियान्द्रो कुएष्टाले एक–एक गोल गरे ।
खेल सुरु भएको १३ मिनेटमै लामेलाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसपछि १५ औं मिनेटमा लाभेजीले गोल गर्दै अग्रता दोब्बर पारे । ३२ औं मिनेटमा कुएष्टाले गोल गर्दै टिमलाई ३–० को अवस्थामा पुर्याएका थिए ।
समूहका सुरुवाती दुई खेल जित्दै क्वाटरफाइनलमा पुगिसकेको अर्जेन्टिना आजको जितपछि ९ अंकका साथ समूह बिजेता बन्यो ।
प्रतिक्रिया दिनुहोस्