
काठमाडौं, असार १ । व्यवस्थापिका संसद्को बैठकमा सांसदहरुले विशेष समय लिएर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।
सांसदहरुले पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावितहरुलाई समान व्यवहार गर्न नसकेको, प्राधिकरणको पैसा गैरसरकारी संघसंस्थालाई दिएको लगायतका आरोप लगाएका छन् ।
आजको बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथिको दफाबार छलफल गराउने भनिए पनि कार्यसुचीबाट त्यसलाई हटाइएको छ ।
यस्तै संसद सचिवालयले असार ५ गतेदेखि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल सुरु गरी असारको तेस्रो साता बजेट पारित गर्ने कार्यतालिका तयार पारेको छ ।
प्रतिक्रिया दिनुहोस्