
काठमाडौं, असार १ । व्यवस्थापिका–संसदको बुधबारको बैठक दुई घन्टाका लागि स्थगित भएको छ ।
सभामुख ओनसरी घर्तीले संसद नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथिको दफावार छलफल गर्न र पारित गर्न सहमतिका लागि अन्तिमपटक माग भएकाले बैठकको दैनिक कार्यसूचीबाट उक्त विषय हटाइ दुई घन्टाका लागि बैठक स्थगित गरिएको जानकारी गराइन् ।
बैठकमा यसअघि भएको छलफलमा न्याय क्षेत्रका विभिन्न तीन विधेयक स्वीकृत गरिएको थियो । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्