२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


पुनःनिर्माणका लागि १ लाख बढी घरधनीसँग अनुदान सम्झौता


0
Shares

काठमाडौं, असार १ । भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले १ लाख २७२ घरधनीसँग अनुदान सम्झौता गरेको छ ।

भूकम्प अतिप्रभावित उपत्यकाबाहिरका ११ जिल्लामा सम्बन्धित घरधनी र गाउँ विकास समितिका सचिवबीच अनुदान सम्झौता भएको प्राधिकरणले जनाएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइकाअनुसार २०७३ साल जेठ ३२ गतेसम्म गोरखामा १७ हजार ६६८, धादिङमा चार हजार ८२४, नुवाकोटमा एक हजार ५८८, रसुवामा एक हजार १०० र सिन्धुपाल्चोक ६ हजार ६६० घरधनीसँग अनुदान सम्झौता भएको छ ।

यस्तै, काभ्रेमा एक हजार ४७५, दोलखामा १६ हजार २००, रामेछापमा ३५ हजार ३८० घरधनीसँग अनुदान सम्झौता भएको छ ।

ओखलढुंगामा १४ हजार २०२, सिन्धुलीमा एक हजार १०० र मकवानपुर जिल्लामा ७५ घरधनीसँग अनुदान सम्झौता भएको प्राधिकरणले जनाएको छ । रासस