
सन्जीब बगाले/दिलिप पोखरेल (इमेज)
काठमाडौं, असार १ । नेपाल आर्थिक दृष्टिकोणले पछाडि परेको छ । त्यसमाथि कर्णाली त झनै पछाडिमात्र होइन, गरिब नै छ ।
दुर्गम कर्णालीका पाँचमध्ये दुई जिल्लामा अझै सडक सञ्जाल पुग्न सकेको छैन ।
प्राकृतिक स्रोत–साधनले सम्पन्न भएर पनि कर्णाली किन पछाडि छ त ? यसको एउटै उत्तर छ सडक सञ्जालको अभाव ।
अभाप, भोकमरी, अशिक्षा, बेरोजगारी, कुपोषण अनि भौगोलिक विकटता । यस्तै–यस्तै परिचय दिएको छ, काठमाडौंले कर्णालीलाई । तर, काठमाडौंले देखेजस्तो समस्याको खानीमात्रै होइन कर्णाली ।
यहाँभित्र प्रचुर सम्भावना पनि छन् । जसलाई हाम्रो राज्यले चिन्न सकेको छैन । केही समययता भने कर्णालीभित्रको सम्भावनालाई खोज्न थालिएको छ ।
विकास पहिलो पूर्वाधार सडकले कर्णालीलाई जोड्न काम भइरहेको छ । हुन त अझैपनि हुम्ला र डोल्पालाई सडक सन्जालले जोड्न सकेको छैन ।
यी दुवै जिल्लामा सडक जोड्नका लागि नेपाली सेनाले सडक खन्ने काम पनि गरिरहेको छ । सडक त छैनन् नै त्यही भएर नै कर्णालीबासीले बेलाबखत् भोकमरीको समस्या भोग्दै आएका छन् ।
प्राकृतिक दैवी–प्रकोप र खडेरीले यहाँका जनता पीडित छन् । स्थलमार्गबाट तत्काल खाद्यान्न लैजान नसकिने भएकाले हवाईमार्गबाट खाद्यान्न लैजानुपर्ने हुम्लाबाट प्रत्यक्ष निर्वाचित कांग्रेस सांसद जीवनबहादुर शाहीको सुझाव छ ।
उनी भन्छन्–‘सडक नपुगेकै कारण हवाईमार्गबाट महँगोमा सामान किन्न कर्णालीबासी बाध्य छन् ।’ एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्