
काठमाडौं, वैशाख २१ । उत्तर कोरियाले शनिबार एउटा छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको छ ।
दक्षिण कोरियाको समाचार संस्था ‘योनहाप’ले उत्तर कोरियाले छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको जनाएको हो ।
होदो क्षेत्रमा मिसाइल प्रक्षेपण गरिएको बताइएको छ ।
स्थानीय समयअनुसार शनिबार बिहान ९ बजेतिर भएको मिसाइल प्रक्षेपणकाबारेमा दक्षिण कोरिया र अमेरिकाका अधिकारीले विश्लेषण गरिरहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ससँग गएको फेब्रुअरीमा भएको उत्तर कोरियाली नेता किम जोङ–उनको वार्तामा सहमति नजुटेपछि उत्तर कोरियाले परमाणु गतिविधि पुनः तीव्र बनाएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्