
काठमाडौं, असार १ । बुधबार पनि शेयर बजार सकारात्मक रह्यो ।
यसदिन पनि बजार परिसूचक नेप्से ६ अंकले उकालो लागेर १६ सय २० को नयाँ उचाइ कायम गर्न सफल भयो ।
बीमा, जलविद्युत्, उत्पादनमूलक, विकास बैंक र अन्य समूह सकारात्मक रहे । बीमा समूहमा २ सय ६७ अंकको उच्चबृद्धि आयो ।
जलविद्युत् समूह पनि ३४ अंकले सुधारियो । उत्पादनमूलक समूह पनि दोहोरो अंकले बढ्योे । अरु समूह चाँही सामान्य अंकले सकारात्मक रहेका हुन् ।
होटल, वाणिज्य बैंक र वित्त समूह भने ऋणात्मक रहे । होटल समूहमा १५ अंकको र वाणिज्य बैंक समूहमा ६ अंकको कमी आयो । अघिल्ला दिनको तुलनामा कारोबार भने केही खुम्चियो ।
मंगलबार सवा दुई अर्बजसोको कारोबार भएकोमा यसदिन भने १ सय ३५ कम्पनीको १७ लाख ९२ हजार कित्ता शेयर १ अर्ब ४० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्