
ध्रुवसागर शर्मा (इमेज)
म्याग्दी, असार १ । हिमालपारीको जिल्ला मुस्ताङसँग सीमाना जोडिएको चीनको स्वशासित क्षेत्र तिव्बतको कोरला नाका बुधबारदेखि खुला गरिएको छ ।
विगतमा ७ दिनका लागि खोलिने गरेकोमा योपटक नाका २५ दिनका लागि खोलिएको हो ।
नाका खुलेको थाहा पाएपछि पोखरा, बुटवललगायतका स्थानबाट व्यापारीहरु सामान खरिदका लागि उपल्लो मुस्ताङ पुगेको स्थानीयले बताएका छन् ।
नेपाली व्यापारीहरु सामान किन्नका लागि कोरला नाकादेखि करिब २ किलोमिटरभित्र चिनियाँ भूमिमा जानुपर्दछ ।
नाकादेखि ३० किलोमिटर पर ढुवासेन भन्ने स्थानमा ठूलो चिनियाँ बजार रहेको र सो स्थानबाट चिनियाँ सामान सीमानामा ल्याइने गरिन्छ ।
नेपालबाट पनि पश्मिना, मैदा, चाउचाउ, जौ र उवाको पीठो, चामललगायतका सामग्री चीनतर्फ जाने लोमान्थाङ गाविसका सचिव ज्ञानेन्द्र बिष्टले जानकारी दिए ।
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्