Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


एभर्टन २–० बर्नले


0
Shares

काठमाडौं, वैशाख २१ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत् शुक्रबार राति भएको खेलमा एभर्टन विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा एभर्टनले बर्नलेलाई २–० ले हराएको हो ।

खेलको १७औं मिनेटमा बर्नलेका बेन मीले आत्मघाती गोल गरेपछि एभर्टनले अग्रता लिएको थियो । एभर्टनका लागि २०औं मिनेटमा सेमस कोलम्यानले गोल गरे र टोलीलाई विजयी बनाए ।

जितपछि एभर्टनको युरोपा लिग फुटबलमा छनोट हुने सम्भावना जीवितै रहेको छ ।

लिगको एक खेल बाँकी हुँदा अंकतालिकाको ८औं स्थानमा रहेको उसले ३७ खेलबाट ५३ अंक जोडेको छ ।