काठमाडौं, वैशाख २१ । किंग्स इलेभेन पन्जाबलाई पराजित गर्दै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको ‘प्लेअफ’नजिक पुगेको छ ।
शुक्रबार राति भएको खेलमा कोलकाताले पन्जाबलाई ७ विकेटले पराजित गरेको हो ।
कोलकाताले पाएको १८४ रनको लक्ष्य १८ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
सुभम् गिलले ‘नटआउट’ ६५ रन बनाएको इनिङ्समा क्रिस लिनले ४६ रन जोडे । रोबिन उथप्पा २२ र आन्द्रे रसेलले २४ रनको योगदान गरे ।
यसअघि, टस हारेपछि पहिले ब्याटिङमा निम्त्याइएको पन्जाबले निर्धारित् २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो ।
पन्जाबका लागि साम कुरानले अविजित रहँदै सर्वाधिक ५५ रन बनाएका थिए । निकोलस पोरानले ४८ रन बनाएको इनिङ्समा मायांका अग्रवालले ३६ रन जोडे । कोलकाताका सन्दीप वारियरले २ विकेट लिए ।
जितपछि कोलकाताले अघिल्लो चरण पुग्ने सम्भावनालाई जीवित राखेको छ । पन्जाब भने प्रतियोगिताबाटै बाहिरिएको छ ।
समूह चरणमा एक खेल हुन बाँकी छ ।
चेन्नाई सुपर किंग्स, मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स यसअघि नै प्लेअफमा प्रवेश गरिसकेका छन् ।








प्रतिक्रिया दिनुहोस्