२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


अर्थ समितिबाट पारित ‘बाफिया’ हुबहु पारित भए वित्तीय अस्थिरता बढ्ने विज्ञहरुको चेतावनी


0
Shares

काठमाडौं, असार १ । व्यवस्थापिका–संसदको अर्थ समितिबाट पारित बाफियामा व्यवस्था गरिएका केहि व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको संस्थागत् सुशासन कमजोर हुनसक्नेतर्फ सरोकारवालाहरुले सचेत गराएका छन् ।

समितिबाट पारित ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७२’(बाफिया) मा बैंक तथा वित्तीय संस्थाका अध्यक्ष÷सन्चालकसमेत रहेका सांसद हाबी हुँदा सोहीअनुसार संसदबाट पारित भए त्यसले वित्तीय क्षेत्रमा समस्या ल्याउनसक्ने उनीहरुको भनाइ छ ।

नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको सुझाव नसमेटी समितिबाट बाफिया पारित भएको थियो ।

नेपाल वित्तीय संस्था कर्मचारी संघले बुधबार राजधानीमा गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर तिलक रावलले राष्ट्र बैंकलाई स्वायत्त र एउटा बलियो संस्थाकोरुपमा राख्नुपर्नेमा जोड दिए ।

उनले बाफियामा राखिएका प्रावधानले नियमनकारी निकाय कमजोर हुनसक्ने र त्यस्तो भए वित्तीय संस्था धरासायी हुने त्यसले कसैलाई पनि हित नहुने बताए ।

नियमनकारी निकायलाई कमजोर पार्ने प्रयत्न भए सबैले प्रतिकार गर्नुपर्नेमा पनि उनले जोड दिए ।

कार्यक्रममा संस्थागत् सुशासन र बाफियामा भएको संशोधनसम्बन्धी कार्यपत्र प्रस्तुत् गर्दै राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष रविन्द्रप्रसाद पाण्डेले एउटै व्यक्ति सन्चालक समितिको अध्यक्ष एवं सदस्यकारुपमा लामो समय रहनेसक्ने व्यवस्थाले वित्तीय संस्थामा विकृति भित्रनसक्ने बताए ।