
काठमाडौं, असार १ । भारतमा निर्मित अष्ट्रेलियन उत्पादन युनिबिक प्रिमियम बिस्कुट्स नेपाली बजारमा भित्र्याइएको छ ।
टुंचे ट्रेडिङ कन्सर्नले युनिबिक बिस्कुट नेपाली बजारमा भित्र्याएको हो ।
नेपाल चेम्बर अफ कमर्सको युवा उद्यमी मञ्चले बुधबार गरेको कार्यक्रममा उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बिस्कुटको बजार प्रवेश गराए ।
चकलेट, मख्खन एवं काजुको स्वादमा पाइने बिस्कुट्सको बजार मूल्य प्रतिस्पर्धी रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्