२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


आर्थिक बृद्धिदर बढ्ने तर रेमिट्यान्स घट्ने विश्व बैंकको अनुमान


0
Shares

काठमाडौं, असार १ । विश्व बैंकले आर्थिक वर्ष सन् २०१७ मा नेपालको आर्थिक बृद्धिदर थोरै मात्रामा सुधार हुने रिपोर्ट सार्वजनिक गरेको छ ।

विश्व बैंकको रिपोर्टले नेपालमा देखापरेको दुई वर्षको निराशाजनक आर्थिक बृद्धिपश्चात् आर्थिक वर्ष २०१७ मा आर्थिक क्रियाकलापमा केही सुधार भइ आर्थिक बृद्धिदर ४ दशमलव ७ प्रतिशतमा पुग्ने जनाएको हो ।

बैंकले सार्वजनिक गर्दै आएको अर्धवार्षिक नेपाल विकास अपडेटकाअनुसार यो सुधार भने राजनीतिक स्थिरता, पुनःनिमाणको प्रभावकारिता एवं उपभोग्य सामानको सहज आपूर्तिमा भर पर्नेछ ।

आर्थिक वर्ष सन् २०१६ मा देखिएको आर्थिक बृद्धिदर विगत १४ वर्षयताकै कम रहेको रिपोर्टमा उल्लेख छ । रिपोर्टले नेपालको रेमिट्यान्समा आगामी दिनमा कमी आउने जनाएको छ ।

विगतका १० वर्षमा नेपालको रेमिट्यान्स पर्याप्त मात्रामा बढेको र यसले देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको हो ।

विश्व बैंकका नेपालका लागि देशिय निर्देशक तकुया कमताले रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा विशेष भूमिका खेल्ने बताए ।

यो विदेशी सहायताभन्दा १० गुणा एवं कुल निर्यात्भन्दा साढे २ गुणा बढी रहेको छ ।

यस्तो अवस्थामा उपयुक्त मौद्रिक एवं आर्थिक नीतिका साथै वित्तीय क्षेत्रमा अनुगमन बढाउनुपर्ने बैंकका बरिष्ठ अर्थशास्त्री दमिर कोसिकले सुझाव दिए ।