
काठमाडौं, असार १ । व्यवस्थापिका–संसदको अर्थ समितिका सभापति प्रकाश ज्वालाले समितिबाट पारित ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७२’ (बाफिया) पुनः संशोधन गर्न सकिने बताएका छन् ।
नेपाल आर्थिक संघ र साउथ एसिया वाच अन ट्रेड, इकोनिमिक्स् एन्ड इन्भारमेन्ट (सावती)ले बुधबार राजधानीमा गरेको बाफियासम्बन्धी छलफलमा ज्वालाले विधेयक संसदमा पेश भइसकेको र आवश्यकपरेमा संसदले विषय किटान गरेर पुनः समितिमा पठाउन सक्ने र संशोधन गर्न सकिने बताए ।
समितिले बनाएको उप–समितिमा बैंकका अध्यक्ष रहेका सांसद राखिएको विषयमा उनले बैंकसम्बन्धी कानुन जानेका व्यक्ति राख्नुपर्ने भएकाले त्यस्तो हुन गएको बताए ।
नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौड्यालले नेपाल राष्ट्र बैंकलाई केन्द्रीय बैंककोरुपमा सशक्त बनाउनुपर्ने धारणा राखे ।
उनले सन्चालकहरुको विषयमा भने निजी स्वार्थ बाझिन नहुने बताए ।
यस्तै, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराईले अन्य संस्थागत् संरचनामा निजी स्वार्थ बाझिएको अवस्थामा सन्चालकमा बस्न नपाउने व्यवस्था रहेकोमा ऐनमा यस्तो नहुनु हास्यास्पद रहेको बताए ।
सहभागीहरुले सांसद पद धारण गरेकाहरु सन्चालक रहन पाउनेजस्ता नियमले वित्तीय सुशासनमा संकट आउने भन्दै चिन्ता व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्