२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


करोडौं कमाएर पनि कंगाल बने यी फुटबल हस्ती (फोटोफिचर)


0
Shares

लन्डन, असार २ । ब्राजिलका फुटबल स्टार नेयमारसँग हाल चार सय करोड रुपैयाँ भन्दा बढी सम्पत्ति छ । त्यसैले उनको जीवनमा कहिल्यै धन सम्पत्तिको कमी होला भनेर अनुमान गर्न पनि मुस्किल हुन्छ ।

तर विश्वमा यस्ता कयौं खेलाडी छन् जसले आफ्नो खेल जीवनमा करोडौं रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेपनि खेल जीवनपछि ठूलो आर्थिक संकटको सामना गरेका छन् ।

इंग्ल्याण्डका फुटबलर डेविड जेम्स कुनै बेला आफ्नो टिमका लागि सफल गोलकिपर थिए । उनी अहिले कंगाल भएका छन् । सम्बन्ध बिच्छेदमा ठूलो रकम चुकाउनु परेको र जुवाको लतका कारण उनी कंगाल बनेका हुन् ।

इंग्ल्याण्डकै ली हेन्ड्री कुनै समय वार्षिक ४३ करोड रुपैयाँभन्दा बढी रकम आर्जन गर्दथे । मोजमस्ती मै रकम खर्चने उनको आदतले अहिले उनी पनि कंगाल भएका छन् ।

कुनै समय वार्षिक ८० करोड रुपैयाँ कमाउने इंग्ल्याण्डकै क्रिस सटन पनि आफ्नो लगानी डुबेका कारण अहिले कंगाल बनेका छन् ।

उत्तरी आयरल्याण्डका कीथ गिलेस्पी पनि कुनै समय राम्रो आम्दानी गर्ने खेलाडीको सूचीमा थिए । वार्षिक सय करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने उनी जुवाको लतका कारण अहिले कंगाल छन् । उनी चर्चित फुटबल क्लव म्यानचेस्टर युनाइटेडका हिस्सा थिए ।

खेल जीवनमा वार्षिक ६० करोड रुपैयाँ भन्दा बढी रकम कमाउँदै आएका क्यामरुनका एरिक जेम्बा पनि अहिले कंगाल छन् । उनी लागू औषध दुर्व्यसनका कारण आर्थिक संकटको सामना गरिरहेका हुन् ।

इंग्ल्याण्डकै पाउल मर्सनले पनि कुनै बेला वार्षिक ५० करोड रुपैयाँभन्दा बढी आर्जन गर्दथे । उनी मदिरा र लागू औषधका कारण अहिले कंगाल बनेका छन् ।