११ असार २०८२, बुधबार | Wed Jun 25 2025


एसएलसी परीक्षाको नतिजा सार्वजनिक, यसरी थाहा पाउनुहोस् नतिजा


0
Shares

काठमाडौं, असार २ । यो वर्षको एसएलसी परीक्षाको नतिजा प्रकाशित भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले विहीबार दिउँसो नतिजा प्रकाशित गरेको हो । एसएलसी सुरु भएको ८२ वर्षको इतिहासमा पहिलोपटक लेटर ग्रेडिङमा नतिजा प्रकाशित गरिएको हो ।

जसअनुसार परीक्षार्थीले प्राप्त गरेको अंकको आधारमा ९ ग्रेडमा नतिजा प्रकाशित भएको छ ।

योपटकको नतिजाअनुसार ३ दशमलव ६ देखि ४ ग्रेड (जीपीए) ल्याएर १६ हजार ४ सय ५४ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

यस्तै, ३ दशमलव २ देखि ३ दशमलव ६ (जीपीए) ल्याएर ४१ हजार ५ सय ७७ जना उत्तीर्ण भएका छन् ।

यो प्रणालीअनुसार विशिष्ट स्थान प्राप्त गर्नेहरुले ‘ए प्लस’ ग्रेड प्राप्त गरेका छन् भने सबैभन्दा कमजोर ग्रेड ‘इ’लाई मानिएको छ ।

कम्तिमा दुई विषयमा ‘डी’ वा ‘इ’ ग्रेड प्राप्त गर्ने विद्यार्थीले यसै वर्ष ग्रेड बृद्धिका लागि पुनः परीक्षा दिन सक्नेछन् भने दुईभन्दा बढी विषयमा ‘डी’वा ‘इ’ गे्रड प्राप्त गर्ने विद्यार्थीहरुले अर्को वर्ष पुनः परीक्षामा सामेल हुनुपर्नेछ ।

गत चैत १८ देखि २६ गतेसम्म सन्चालित एसएलसी परीक्षामा ५ लाख ८८ हजार ५ सय ५२ जना विद्यार्थी सहभागी भएका थिए ।

ग्रेडिङका कारण सबै परीक्षार्थीको नतिजा पत्रिकामा प्रकाशन गर्न कठीनाइ हुने भन्दै यो नतिजा वेबसाइटहरुमामात्रै राखिने पनि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

नतिजा थाहा पाउन तल उल्लेख गरिएअनुसारको तरिका अपनाउनोस्