२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


९० करोड रुपैयाँ भुक्तानी नदिएको भन्दै रौतहटमा चक्काजाम, किसानले दिए चेतावनी


0
Shares

रौतहट, असार २ । रौतहटस्थित श्रीराम चिनी मिलले उखु किसानको ९० करोड रुपैयाँ भुक्तानी नदिएको भन्दै उखु किसानहरुले विहीबार पनि रौतहटमा चक्काजाम गरेका छन् ।

दिउँसो १२ बजेदेखि ३ बजेसम्म गरिएको चक्काजामका कारण जनजीवन प्रभावित बनेको थियो ।

गत वर्षको रकम नदिएको भन्दै आन्दोलनमा उत्रिएका किसानहरुले अब उक्त चिनी मिललाई उखु उपलब्ध नगराउने चेतावनीसमेत दिएका छन् ।

रौतहट, सर्लाही र बाराका १८ हजार उखु किसानको ९० करोड रुपैयाँ भुक्तानीका लागि उखु किसान महासंघले आन्दोलन सुरु गरेको हो ।