११ असार २०८२, बुधबार | Wed Jun 25 2025


लुम्बिनी बौद्ध विश्वविद्यालयको सातौं सभा सम्पन्न


0
Shares

काठमाडौं, असार २ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा लुम्बिनी बौद्ध विश्वविद्यालयको सातौं सभा सम्पन्न भएको छ ।

सभामा प्रधानमन्त्री ओलीले लुम्बिनी बौद्ध विश्वविद्यालयको गुणस्तर बृद्धिका लागि विश्वविद्यालयले अन्य राष्ट्रमा रहेका बौद्ध अध्ययन केन्द्र तथा विश्वविद्यालयहरुसँग पनि सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

उनले सरकारले विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

लुम्बिनीलाई अन्तर्राष्ट्रिय बैद्ध अध्ययन केन्द्रकोरुपमा अघि बढाउने उद्देश्यले वि.सं. २०६१ सालमा लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना गरिएको हो ।