२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


डेढ वर्षभित्र तीनओटा निर्वाचन गर्ने प्रधानमन्त्रीको घोषणा हावादारी : देउवा


0
Shares

नेपालगन्ज, असार २ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डेढ वर्षभित्र तीनओटा निर्वाचन गर्ने प्रधानमन्त्रीको घोषणालाई हावादारी भनेका छन् ।

विहीबार नेपालगन्जमा कांग्रेस कार्यकर्तालाई सम्बोधन गर्दै उनले डेढ वर्षभित्र तीनओटा निर्वाचन गर्ने प्रधानमन्त्रीको भनाइ जनतालाई भ्रममा पार्ने खेल भएको आरोप लगाए ।

उनले वर्तमान सरकारको भविष्य नै अनिश्चित रहेको भन्दै सभापति देउवाले कांग्रेसको नेतृत्वमामात्रै संविधानको सफल कार्यान्वयन सम्भव हुने दाबी गरे ।