११ असार २०८२, बुधबार | Wed Jun 25 2025


एसएलसी नतिजाः मौका परीक्षा कसरी ? कसरी पत्ता लगाउने ‘श्रेणी’ ? (भिडियोसहित)


0
Shares

प्रतीक लामिछाने/कविर महर्जन (इमेज)
काठमाडौं, असार २ । यो वर्षको एसएलसी परीक्षाको नतिजा प्रकाशित भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले विहीबार भक्तपुरमा पत्रकार सम्मेलन गरी ‘ग्रेडिङ’ प्रणालीका आधारमा नतिजा प्रकाशन गरेको हो ।

नेपालमा प्रवेशिका अर्थात् एसएलसी परीक्षा सुरु भएको ८२ वर्षको इतिहासमा परीक्षा नियन्त्रण कार्यालयलले पहिलोपटक लेटर ग्रेडिङमा आधारित भएर नतिजा प्रकाशन गरेको हो ।

जसअनुसार परीक्षार्थीले प्राप्त गरेको अंकको आधारमा ‘ए’ प्लस देखि ‘इ’सम्म विभिन्न ९ ओटा ग्रेडमा नतिजा प्रकाशित गरिएको परीक्षा नियन्त्रण कृष्णप्रसाद काप्रीले जानकारी दिए ।

यो प्रणालीअनुसार विशिष्ट स्थान प्राप्त गर्नेहरुले ‘ए प्लस र ए ग्रेड’ प्राप्त गरेका छन् भने इलाई सबैभन्दा कमजोर ग्रेड मानिएको छ ।

ए प्लस ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या १६ हजार ४ सय ५४ जना रहेको छ भने ग्रेड ए प्राप्त गर्नेहरुहरुको संख्या ४१ हजार पाँच सय ७७ रहेको छ ।

यस्तै, बी प्लस ग्रेड पाउनेमा ४८ हजार ६ सय ११, बी ग्रेड पाउने परीक्षार्थी ६३ हजार १ सय ८१ जना रहेका छन् ।

सी प्लस ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीको संख्या ९४ हजार ७ सय १६, सी ग्रेड पाउनेमा १ लाख ४ हजार २ सय ७८ तथा डी प्लस मा ५६ हजार ७ सय ६३ जना रहेका छन् ।

डी ग्रेड पाउने हरुको संख्या ८ हजार रहेको छ । इ ग्रेड प्राप्त गर्नेहरुको संख्या ११ जनामात्रै रहेको छ ।

यो नतिजाअनुसार कम्तिमा दुई विषयमा डी वा इ ग्रेड प्राप्त गर्ने विद्यार्थीले यसै वर्ष ग्रेड बृद्धिका लागि मौका परीक्षा दिन पाउने छने ।

तर, दुईभन्दा बढी विषयमा डी वा इ ग्रेड प्राप्त गर्ने विद्यार्थीहरुले अर्को वर्ष पूरै विषयको परीक्षामा सामेल हुनुपर्नेछ ।

ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित हुन लागेकाले यस वर्षदेखि विद्यार्थीलाई एउटा विषयमा दिइँदै आएको ५ नम्बरको ग्रेस सुविधा पनि हटाइएको छ ।

मार्कसीटमा प्राप्ट अंकको जीपीए नम्बरअनुसार ३ दशमलव ६ देखि ४ सम्म प्राप्त गर्नेहरुले विशिष्ट श्रेणी, ३ दशमलव २ देखि ३ दशमलव ६ सम्म अंक ल्याउनेहरुले प्रथम श्रेणी ल्याए बराबर हुनेछ ।

गत चैत १८ देखि २६ गतेसम्म सन्चालित एसएलसी परीक्षामा ५ लाख ८८ हजार ५ सय ५२ जना विद्यार्थी सहभागी भएका थिए ।

२०७२ सालको पुरक अर्थात् ग्रेड बृद्धिको परीक्षा आगामी श्रावण १४ गते शुक्रबारदेखि गर्ने तालिका पनि परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।