२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


शेयर बजारमा दैनिक नयाँ रेकर्ड, नेप्से पुग्यो १६ सय ३२


0
Shares

काठमाडौं, असार २ । साताको अन्तिम दिन विहीबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार आयो ।

यसदिन पनि नेप्से दोहोरो अंकले बढेर उचाइको नयाँ रेकर्ड रहनेक्रम जारी रह्यो । उतार–चढावबीच नेप्से १२ अंकले उकालो लागेर १६ सय ३२ मा पुग्यो ।

कारोबार पनि दुई अर्ब नाघ्यो । बीमा, विकास बैंक, उत्पादनमूलक, जलविद्युत् र वित्त समूह उकालो लागे । बीमा समूहमा यसदिन पनि ३ सय ३० अंकको उच्चबृद्धि आयो ।

विकास बैंक र उत्पादनमूलक समूह पनि दोहोरो अंकले उक्लियो । होटल र वाणिज्य बैंक समूह भने ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४० कम्पनीको ५६ लाख ८४ हजार कित्ता शेयर २ अर्ब ६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।