पर्वत, असार ३ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–२ स्थित सहस्रधाराबाट कालीगण्डकी नदीमा डुबेर एक महिला बेपत्ता भएकी छिन् ।
कुश्मा नगरपालिका–२ सहस्रधारा बस्ने २७ वर्षीया भगवती क्षेत्री बिहीबार साँझ कालीगण्डकी नदीमा डुब्दा बेपत्ता भएकी हुन् । नदी किनारमा हातमुख धुनका लागि गएकी उनी एक्कासि नदीमा डुबेकी हुन् ।
नदीमा डुबेर बेपत्ता भएकी क्षेत्रीको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनको सहस्रधारादेखि मिर्मीसम्म खोजी गरिए पनि अवस्था पनि पत्ता नलागेको प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । (रासस)





प्रतिक्रिया दिनुहोस्