२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


जसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बने पनि मान्य : मन्त्री गजुरेल


0
Shares

लमजुङ, असार ३ । कृषि विकास मन्त्री हरिबोल गजुरेलले जसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बने पनि माओवादी केन्द्रलाई मान्य हुने बताएका छन् ।

प्रेस सेन्टर नेपाल लमजुङले शुक्रबार बेसीशहरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गजुरेलले वर्तमान समस्या हल गर्न राष्ट्रिय सहमतिको सरकारको खाँचो रहेको बताए ।

उनले किसान पेन्सन कार्यक्रम शुरु हुन नसकेसम्म प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सफल हुन नसक्ने दाबीसमेत गरे ।