२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


मैले कसैविरुद्ध उजुरी दिएको छैन : देउवा


0
Shares

नेपालगंज, असार ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले नेतृत्वको सरकारले संविधान कार्यान्वयनमा तदारुकता नदेखाएको आरोप लगाएका छन् ।

प्रेस युनियन बाँकेले शुक्रबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले संविधान कार्यान्वयनको साटो एमाले सरकारले झुटो आश्वासन र उखान टुक्का मात्र दिएको जिकीर गरे ।

सभापति देउवाले आफुले कसैविरुद्व पनि सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी नदिएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध उजुरी दिएको भन्ने चर्चा चलिरहेको बेला सभापति देउवाले आफुले कसैविरुद्ध पनि उजुरी नदिएको बरु माओवादीले आफुविरुद्ध उजुरी दिएको दाबी गरे ।