२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


दूध बेचेर वार्षिक ५ लाखसम्म आम्दानी


0
Shares

पाल्पा, असार ३ । व्यवसायिकरुपमा पशुपालन गर्न थालेपछि पाल्पा, रामपुर नगरपालिकाका किसानले दूध बेचेर मनग्य आम्दानी गर्न थालेका छन् ।

किसानले दूध बेचेर वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्न थालेका छन् । रामपुर क्षेत्रमा उत्पादित दूध स्थानीय बजारमा नै खपत् हुने गरेको छ ।

रामपुरमा मासिक २३ हजार लिटर दूध खपत् हुने गरेको सीताकुन्ड दुग्ध उत्पादन सहकारी संस्थाले जनाएको छ ।

गत आर्थिक वर्षमा यहाँका किसानले दूध बिक्री गरी रु ९० लाख आम्दानी गर्न सफल भएका थिए ।

यस आर्थिक वर्षको ११ महिनाको अवधिमा रु ५८ लाखको दूध बिक्री भएको सहकारीका अध्यक्ष कमल भट्टराईले जानकारी दिए ।

सहकारीले बिना धितो आफ्ना सदस्यलाई रु ५० हजारसम्म ऋण उपलब्ध गराउने गरेको छ । चारओटा संकलन केन्द्रमार्फत् किसानले उत्पादन गरेको दूध डेरीसम्म पुर्‍याइन्छ ।

सहकारीले एक हजार ४०० पशुको पशुबिमासमेत गरेको व्यवस्थापक हरि सिग्देलले बताए ।

‘क्षतिर्पूित पाउने व्यवस्थाले किसानलाई राहत पुगेको छ’–उनले भने । रासस