
काठमाडौं, असार ३ । भारतको अहमदावादको निकै चर्चित ‘गुलबर्ग हत्याकान्ड’का दोषी ११ जनालाई जन्मकैद र १२ जनालाई सात वर्षको जेल सजाय सुनाइएको छ ।
त्यहाँको विशेष अदालतले उक्त हत्याकान्डका दोषी २३ जनालाई सजाय सुनाएको हो ।
सन् २००२ मा अहमदावादको गुलबर्ग सोसाइटीमा भएको दंगामा पूर्वसांसद एहसान जाफरीसहित ६९ जना मारिएका थिए ।
सजाय पाउने २३ जना सन् २००२ मा नै पक्राउ परेपछि कारागारमा छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्